
पूर्णपुष्टि, असार ७ गते ।
रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुख्खा बन्दरगाहको ३ वटा गाडी बाढीले बगाएको छ । कामदार बस्ने अस्थायी भवनमा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
आज बिहान ३ बजे तिर आएको बाढीले क्षति पु¥याउन थालेपछि कामदारको तत्काल उद्धार गरिएको राजस्व भन्सार गस्ती सुरक्षा बलका सशस्त्र प्रहरीले जनाएको छ ।
बन्दरगाह निर्माणका लागि प्रयोग गरिएको टिप्पर, जेसिबी र लोडर बगाएको प्रहरीले जनाएको छ ।
