Saturday, May 16News That Matters

बाढीले बेपत्ता भएका बालक मृत फेला

झापा, श्रावण ०३ गते

झापाको बाह्रदशी गाउँपालिका(३ का केदार खड्काको ११ बर्षीय छोरा बिजय खड्का अदुवा खोलाको किनारामा मृत फेला परेका छन् ।

असार ३१ गते दिउँसो अदुवा खोलामा खेल्न गएका बालक बेलुका सम्म फर्किएर नआए पछि बाढीले बगाएको आशंकामा खोततलास शुरु गरिएको थियो । खोजतलासकै क्रममा बिहिवार दिउँसो ३ बजे अदुवा खोलाको किनारामा रुखको कापमा मृत अबस्थामा बालकको शव फेला परेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।