
उदयपुर,असार २८ गते ।
उदयपुरका त्रियुगाको मुसहर बस्तिमा भेलबाढीले दुई घर भत्काएको छ । त्रियुगा नगरपालिका – ८ उत्तराई टोलका मुसहर बस्तिमा शनिबार भेलबाढीले घर भत्काएको हो ।
त्रियुगा नदी, सरस्वती खोला र साईखोलको विच टापुमा रहेको बस्तिमा भेल बाढी आउँदा जागेश्वर सदा र पप्पु विकको टाटले बारेको कुशको छाना भएको घर पूर्ण रुपमा भत्काई क्षती पु¥याएको संचारकर्मी डिएन चौधरीले बताए ।
निरन्तर परेको वर्षाको कारण खोलामा अत्याधि भेलबाढी आएको स्थानियहरुले बताएका छन् । सदरमुकाम गाईघाट, बेल्टारको वलाहा, बेलकाकाको अम्साल, कटारीको सुकुम्बासी बस्ति, उदपुरगढीको नेपालटार लगायतका दर्जनौ बस्ति डुवानमा परेको छ ।
त्रियुगा नदी, बरुवा, सरस्वती, ककरु खोलाले बाँध भत्काएको छ भने बैद्यनाथ खोला पहिरोले थुनिएको छ । सदरमुकाम गाईघाटको बरुवा खोलामा आएको बाढीले बाँध फुटाएपछि साकेला टोल, पुरानो गाईघाट, त्रिवेणी टोल लागायका दर्जनौ बस्ति डुवानको उच्च जोखिममा परेको छ । बाँध फुटेपछि केहि बस्ति डुवान भएको छ । डुवान भएको बस्तिका बासिन्दहरु सुरक्षीत स्थानमा सरिसकेको पालिकाले जनाएको छ ।
त्यसैगरी त्रिनपा – ८ को सरस्वती खोलाले बाँध फुटाउँदा बस्तिलाई क्षती नपु¥याएको भएपनि दर्जनौ विघा खेती योग्य जमिन डुवान भएको स्थानीयले जनाएको छ ।
त्रियुगा नदिले बाँध भत्काउदा बेलाका नगरपालिका – ९ आम्सालका सयौँ घर डुवान भएको छ भने हजारौँ विघा खेतीयोग्य जमिन डुवान भएको स्थानियबासीले जनाएको छ । नदीमा आएको बाढीले गाउँ डुवान भएपछि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले स्थानियबासीको उद्दार गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
बस्ति डुवानमा परेपछि स्थानियहरु घार छाडेर आफन्तको घर र विद्यालय लगायतका सुरक्षीत स्थानमा सरेको पालिकाले जनाएको छ ।
चौदण्डिगढी नगरपालिका – ५ वलाहामा त्रियुगा नदिको बाढी पसेपछि बस्ति डुवान भएको छ । डुवानमा परेको २० घरलाई सुरक्षीत स्थान नजिकैको विद्यालयमा सारिएको पालिकाले जनाएको छ ।
कटारी नगरपालिकाको ककरु खोलाले बाँध फुटाउँदा मानविय क्षती नभएपनि सयौँ विघा खेतीयोग्य जमिन डुवान भएको पालिकाले जनाएको छ । भने तावा खोलामा आएबो बाढीले सुकुम्बासी बस्ति डुवान भएको छ । बस्तिका दर्जनौ घर डुवान भएपछि सुरक्षीत स्थानमा सारिएको पालिकाले जनाएको छ ।
बैद्यनाथ खोला पहिरोले थुनिदा दनुवारबेसी, भकुण्डे चौर डुवान भएको छ । करिब एक दर्जन घर डुवान भएको पालिकाले जनाएको छ । धप्परमा गएको पहिरोले तीन घर बगाएको छ भने मानविय क्षती भने नभएको पालिकाले जनाएको छ ।