
असार ३० गते ।
अविरल वर्षाका कारण देशको विविन्न ठाउँमा मृत्यु हुनेको संख्या ६० जना नाघेको छ । देशै भर परेको अवरल वर्षाले आएको बाढी पहिरोमा परि ६५ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बाढी पहिरोमा परि मृत्यु हुने मध्ये ४१ जना पुरुष र २४ जना महिला रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । बढी भोजपुर, ललितपुर र रौतहटमा पाँच–पाँच जना, ओखलढुङ्गा,सिन्धुली, मकवानपुर र सिरहामा चार–चार जना, काठमाण्डौ, काभ्रे, धनुषा र खोटाङमा तीन–तीन जना, उदयपुर, झापा, बारा, पर्सा, महोत्तरी, धादिङ र डोल्पामा दुई–दुई जना, सुनसरी,ईलाम, पाँचथर लगायतका जिल्लाहरुमा मृत्यु भएको छ ।
देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परि ३० जना बेपत्ता भएको प्रहरीले जनाएको छ भने एक हजार चार सय ४६ जनाको उद्दार गरेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण अधिकांश तराईका जिल्लाहरु डुवानमा परेकाले विस्थापित हुनेको यकिन विवरण अझै आई नसकेको प्रहरीले जनाएको छ । सयौँ घरपरिवार बाढी पहिरोले विस्थापित भएका छन् ।