
उदयपुर, भदौ ५ गते ।
विरल वर्षापछि आएको बाढी पहिरोले उदयपुरमा करिब ४ सय विस्थापित भएका छन् भने लाखौँ धनजनको क्षती भएको छ । गत असार २४ गतेदेखि परेको अविरल वर्षाले आएको बाढी पहिरोले ४ सय ११ घर विस्थापित भएका हुन् ।
बाढी पहिरोमा परि ४ जनाको ज्यान भएको छ भने १३ जना घाईते भएका छन् । गत असार २८ गते बेलकामा त्रियुगा नदिले बगाएर एक जनाको मृत्यु भएको थियो । त्यसैगरी २८ गते दिउँसो चौदण्डिगढी नगरपालिका – ४ निबासी ३५ वर्षीय मनकुमार तामाङलाई स्थानिय खोलाले बगाएर मृत्यु भएको थियो भने ३० गते राती रौतामाई गाउँपालिकाको डिल्लिबरमा सुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोले पुरीएर ५५ वर्षीया रनमाया रिठ्ठा मगरको मृत्यु भएको थियो । त्यसै राती मुर्कुचीको छाउरे खोलामा अचानक आएको बाढीले घरमा सुतिरेको अवस्थामा बगाई १४ वर्षीय आर्यन तामाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय उदयपुरको तथ्याङकले देखाएको छ ।

अविरल वर्षापछि आएको बाढी पहिरोले उदयपुरमा ४ जनाको ज्यान गएको छ भने १३ जना घाईते भएका छन् । जिल्ला भरी पूर्ण विस्थापित ४ सय ११ घर, आंशिक क्षती भएका ५ सय ६७ घर, अल्प विस्थापित भएका ६९ घर र जोखिममा परेका ४ सय २६ घरपरिवार रहेको तथ्याङ्कले देखाएको छ भने ३ हजार १ सय ७२ वटा पशुचौपाय, १८ वटा माछा पोखरी र २ सय ८३ घरको खेतीबालीमा क्षती गरेको तथ्याङ्कले देखाएको छ ।
बाढी पहिरोले जिल्ला भित्र रहेका सयौँ सार्वजनिक भौतिक पूर्वधारहरुको क्षती गरको छ । ३९ वटा विद्यालय, २ वटा सामुदायीक भवन, १ सय २१ वटा सडक तथा कल्र्भट, ५ वटा पुल तथा झोलुङ्गे पुल, ४१ वटा खानेपानी मुहान, ४ वटा स्वास्थ्य चौकी, ३७ सिचाई तथा कुलो, ५ वटा पेल्टिसेट तथा हाईड्रो, १ वटा वडाकार्यालय, १ वटा प्रहरी विट, ४८ ठाउँमा बाँध, ३१ ठाउँमा नदि कटान, २ ठाउँमा डुवान, १ वटा टेलिफोन टावर,र ९ वटा अन्य क्षती गरको छ भने १६ वटा विद्यालय, ३ वटा सामुदायीक भवन, १ वटा सडक र ३ वटा पुल तथा झोलुङ्गे पुल जोखिममा रहेको तथ्याङ्कले देखाएको छ ।
वर्षाले निम्त्याएका क्षतीबाट पिडित घरपरिवारलाई खाद्यन्न, बाँस, कपडा, स्वाथ्य लगायतका कुराहरु नेपाल सरकार र विभिन्न गैरसरकारी संघसंस्थाहरुले राहत वितरण गरेको छ ।
जिल्लाका बाढी पहिरो पिडितलाई ११ हजार ६ सय १४ केजी चामल, १ हजार १ सय ४० केजी दाल, १ सय ४४ केजी चिनी, ५ सय ६० केजी नुन, ५ सय ४० लिटर तेल र ८६ केजी चिउरा खाद्यन्न वितरण गरेको तथ्याङकले देखाएको छ । त्सैगरी ४ सय ९९ थान त्रिपाल, ३ सय ९८ थान कम्बल, ३ सय थान झुल र १ सय ४४ थान कपडा सेट बस्न र ओढ्नको लागि वितरण गरीएको तथ्याङकले देखाएको छ ।
त्यस्तै १ सय ९९ थान भाँडाकुडा र १ हजार ४ सय ६२ थान बाल्टिन खाद्यन्न पकाउन, खान, पानी भर्नका लगि वितरण गरिएको थियो भने उज्यालोको लागि , १ सय सोलार लाईट सेट सेट पनि वितरण गरिएको तथ्याङकले देखाएको छ । बाढीबाट बच्नका लागि २ सय थान रोल डोरी र स्वास्थ्यका लागि २ हजार १ सय ४३ थान साबुन, ४० हजार अक्वा ट्यावलेट, ७ सय पियुस र ४ सय डिग्निटी किट राहत वितरण भएको तथ्याङकले देखाएको छ ।
कुन पालिकामा कति क्षती

बाढी पहिरोले रौतामाई गाउँपालिकामा ४ जना घाईते भएका छन् भने २ जनाको मृत्युको हो । १ सय १३ घर परिवार पूर्ण विस्थापित, ४० घरमा आंशिक क्षती, ९२ घर जोखिममा रहेको तथ्याङ्कले देखाएको छ भने ६२ वटा पशुचौपायमा क्षती भएको तथ्याङकले देखाएको छ ।
त्यसस्तै कटारी नगपालिकामा पूर्ण विस्थापित ५४ घर, आंशिक क्षती ६७ घर, अल्प विस्थापित ४८ घर रहेको तथ्याङ्कले देखाएको छ । त्यसैगरी ४२ वटा पशुचौया र २२ घरको खेतिबाली क्षती गरेको तथ्याङकले देखाएको छ । त्यसैगरी ताप्लि गाउँपालिकामा पूर्ण विस्थापित ४ घर, आंशिक क्षती ३ घर र जोखिममा परेका १ सय ५ घरपरिवार रहेको तथ्याङकले देखाएको छ भने २४ वटा पशुचौपाया र ७९ घरका खेतिबाली क्षती भएको तथ्याङकले देखाएको छ ।
बेलका नगरपालिकामा बाढी पहिरोले ४ जना घाईत भएका छन् भने १ जनाको मृत्यु भएको छ । पूर्ण विस्थापित ३१ घर, आंशिक क्षती भएका १ सय १४ घर र अन्य क्षती भएका ३ सय ८६ घरपरिवार रहेको तथ्याङ्कले देखाएको छ भने २ हजार २ सय ४१ पशुचौया, १६ वटा माछा पोखरी र १ सय १२ घरपरीवारको खेतीबालीमा क्षती गरेको तथ्याङकले देखाएको छ ।
लिम्चुङ्बुङ गाउँपालिकामा पूर्ण विस्थापित ७ घर, आंशिक क्षती भएका ३८ घर र जोखिममा परेका ५८ घर तथ्याङकले देखाएको छ । त्यसैगरी चौदण्डिगढी नगपालिकामा १ जना घाईते भएको छ । पूर्ण विस्थापित ९ घर, आंशिक क्षती भएका ३१ घर र ८ सय ३ पशुचौपायमा क्षती गरेको तथ्याङकले देखाएको छ ।

त्रियुगा नगरपालिकामा बाढी पहिरोले १ जना घाईते भएको छ । पूर्णविस्थापित ७८ घर, आंशिक क्षती भएका ९८ घर, अल्प विस्थापित २१ घर, जोखिममा परेका ९० घर तथ्याङ्कले देखाएको छ भने २ वटा माछा पोखरी र ७० वटा पशुचौपायमा क्षती गरको तथ्याङकले देखाएको छ । त्यसैगरी उदयपुरगढीमा ३जना घाईते भएको छन् भने पूर्ण विस्थाति १ सय १५ घर, आंशिक क्षती १ सय ७६ घर र जोखिम ८१ घरपरिवार रहेको तथ्याङ्कले देखाएको छ ।

कुन पालिकामा कति राहत वितरण
रौताई गाउँपालिकामा खाद्यन्न ८ सय केजी चामल, ६४ केजी दाल, ३२ केजी चिनी, ३२ केजी तेल लिटर वितरण गरिएको तथ्याङ्कले देखाएको छ भने १६ थान त्रिपाल, ३२ थान कम्बल, १६ थान भाँडाकुडा र १६ थान बाल्टिन वितरण भएको तथ्याङकले देखाएको छ । त्यसैगरी लिम्चुङ्बुङ गाउँपालिकामा ४ हजार १ सय १० केजी चामल, २ सय ५० केजी दाल, १ सय ५० केजी नुुन र १ सय ३० लिटर तेल वितरण भएको तथ्याङ्कले देखाएको छ ।
त्यसैगरी उदयपुगढी गाउँपालिकामा ४ सय ३४ केजी चामल, ६२ केजी दाल, साढे २५ केजी चिनी, ३१ केजी नुनु, ३१ लिटर तेल, २७ थान त्रिपाल, ५४ थान कम्बल, २७ थान कपडा सेट, २७ थान भाँडाकुडा, २७ थान बाल्टिन र ५२ थान डिग्निटी किट विटरण भएको तथ्याङकले देखाएको छ । ताप्लि गाउँपालिकामा ३ हजार ९ सय केजी चामल, ५ सय ७० केजी दाल, २ सय ५० केजी नुन र २ सय ५० लिटर तेल वितरण भएको तथ्याङकले देखाएको छ ।

कटारी नगरपालिकामा ८३ थान त्रिपाल, १ सय ३८ थान कम्बल, १४ थान कपडा सेट, ६९ थान भाँडाकुडा र १४ थान बाल्टिन वितरण भएको तथ्याङ्कले देखाएको छ । त्यसैगरी त्रियुगा नगर पालिकामा १ हजार ८ सय २० केजी चामल, १ सय ५० दाल, ७५ केजी चिनी, ७५ केजी नुन, ७५ लिटर तेल, ८६ केजी चिउरा, ७६ थान त्रिपाल, ८० थान कम्बल, ४० थान कपडा सेट, ४० थान भाँडाकुडा, ४० थान बाल्टिन र ५० थान डिग्निटी किट वितरण भएको तथ्याङकले देखाएको छ ।
बेलका नगरपालिकामा ५ सय ५० केजी चामल, ४४ केजी दाल, २२ केजी चिनी, २२ केजी नुन, २२ लिटर तेल, २ सय ७२ थान त्रिपाल, ४४ थान कम्बल, २२ थान कपडा सेट, २२ थान भाँडाकुडा, १ हजार ३ सय ४० थान बाल्टिन, १ सय सोलार लाईट, २ सय झुल, २ सय डोरी, २ हजार १ सय ४३ थान साबुन, ४० हजार अक्वा ट्यावलेट, ७ सय पियुस र २ सय ९८ थान डिग्निटी किट वितरण गरिएको तथ्याङ्कले देखाएको छ । चौदण्डिगढी नगरपालिकामा २५ थान त्रिपाल, ५० थान कम्बल, २५ थान कपडा सेट, २५ थान भाँडाकुडा र २५ थान बाल्टिन वितरण भएको तथ्याङकले देखाएको छ ।
जिल्लाभरीका सार्वजनिक स्थल क्षतीको विवरण
रौतामाई गाउँपालिकामा १२ वटा विद्यालय, १ वटा सामयुदायीक भवन, ३५ सडक, १८ वटा खानेपानी मुहान, २ वटा स्वास्थ्य चौकी, ४ वटा सिचाई कुलो, १ वटा पेल्टिसेट र १ वटा वडा कार्यालय क्षती भएको छ भने १३ वटा विद्यालय र १ वटा सामुदायीक भवन जोखिममा परेको तथ्याङ्कले देखाएको छ । बेलका नगरपालिकामा ९ वटा सडक, १ वटा झोलुङ्गे पुल, ४ वटा खानेपानी मुहान, ३ वटा सिचाई कुलो, १ वटा प्रहरी विट र ६ वटा बाँध क्षती गरेको छ भने १ विद्यालय, २ वट सामुदायीक भवन, १ वटा सडक र ३ वटा झोलुङ्गे पुल जोखिममा परेको छ । त्यसैगरी ८ ठाउँमा नदिले कटान गरेको र २ ठाउँमा बाढीले डुवान गरेको तथ्याङकले देखाएको छ ।
कटारी नरपालिकामा २ वट विद्यालय, १ सडक, ७ वटा खानेपानी मुहान, ३ वटा सिचाई कुलो, १ वटा पेल्ट्रिसेट र ७ ठाउँमा बाँधमा क्षती गरेका तथ्याङ्कले देखाएको छ । त्रियुगा नगर पालिकामा ४ वटा विद्यालय, ५४ सडक, २ वटा पुल, ७ वटा खानेपानी मुहान, १९ वटा सिचाई कुलो, ३१ ठाउँमा बाँध, २२ ठाउँमा नदिले कटान र ७ वटा अन्य क्षती गरेको छ भने १ वटा विद्यालय जोखिममा परेको तथ्याङकले देखाएको छ ।

चौदण्डिगढी नगर पालिकामा ९ सडक, २ वटा खानेपानी मुहान, २ वटा सचाई कुलो, ३ ठाउँमा बाँध, १ ठाउँमा नदी कटान, १ वटा टेलिफोन टावर र १ अन्य क्षती भएको छ भने १ वटा विद्यालय जोखिममा परेको तथ्याङ्कले देखाएको छ । ताप्लि गाउँपालिकामा १६ वटा विद्यालय, १ वटा सामुदायीक भवन, ८ सडक, २ वटा पुल, ३ वटा खनेपानी मुहान, ६ वटा सिचाई कुलो, ३ वटा पेल्टिसेट र १ ठाउँमा बाँध क्षती भएको तथ्याङकले देखाएको छ । लिम्चुङ्बुङ गाउँपालिकामा ५ वटा विद्यालय, ५ सडक, २ स्वास्थ्य चौकी र १ वटा अन्य क्षती भएको तथ्याङकले देखाएको छ ।
