Monday, June 22News That Matters

बाणगंगाका अध्यक्षलाई ४५ लाख ठगीको आरोप

भदौ ३ गते ।

युवा युवतीलाई सरकारी जागिर लगाई दिने प्रलोभनमा लाखौ ठगी गरेको बाणगंगा नगरपालिकाका नगर अध्यक्षलाई आरोप लागेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर अध्यक्ष विश्वबहादुर कार्कीले विभिन्न सरकारी जागिर लगाई दिने भन्दै लाखौँ पैसा लिएको आरोप लगोको हो ।

लोक सेवा आयोग पास गराई दिने र नेपाल प्रहरीमा जागिर लगाई दिने भन्दै अध्यक्ष कार्कीले ४५ लाख ३० हजार रुपैयाँ लिएको भन्दै पीडितहरुले उजुरी दिएका हुन् ।

बाणगंगा–२ निबासी कार्कीले शिक्षकका लागि ४ लाख ५० हजार, स्वास्थ्य सेवाका लागि ३ लाख र प्रहरी जवानका लागि २ लाख ६० हजार रुपैयाका दरले रकम असुलेका थिए । रकम बुझाएपनि नाम नआएको र पटक–पटक रकम माग्दा फिर्ता नदिएपछि नेकपा जिल्ला कार्यालयमा निवेदन दिँदै रकम फिर्ता दिलाइदिन माग गरेका छ्न ।

कार्यालयमा निवेदन परेपछि छलफल र छानविन गरी दोषी देखिए कार्कीलाई कारवाही गर्ने कार्यालयले जनाएको छ ।