Tuesday, June 23News That Matters

बाबुको हत्या आरोपमा छोरा पक्राउ

पूर्णपुष्टि, वैशाख १२

मकवानपुरमा बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । कैलाश गाउँपालिका–३ कटुञ्जेका ३० वर्षीय अन्जन सापकोटालाई बाबुको हत्या आरोमा प्रहरीले पक्राउ परेको हो ।

बञ्चरो प्रहार गर्दा बाबुको ज्यान गएको थियो । छोराले बञ्चरो प्रहार गर्दा स्थानीय ५० वर्षीय बलराम सापकोटाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्जनलाई प्रहरीले बञ्चरोसहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य सुरू गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।