
पूर्णपुष्टि,पुष २९
कालीकोटमा घरायसी विवादमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ भने एक छोरा घाईते भएका छन् । नरहरिनाथ गाउँपालिका–७, दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
प्रहरीका अनुसार आगोले जलेर मृत्यु हुनेमा उनका १२ वर्षीय छोरा गणेश बटाला र ७ वर्षीय मनबहादुर बटाला रहेका छन् । त्यसैगरी अर्का ४ वर्षीय छोरा खगेन्द्र बटाला घाइते भएका छन् । घाइते खगेन्द्रको नरहरिनाथ स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।
अत्याधिक रक्सी सेवन गरेका भैरेले घरायसी झगडाका कारण बुधबार बिहान ४ बजे बजेतिर आगो लगाएको प्रहरीले जनाएको छ ।
घर आगो लगाए लगतै उनले विष सेवन गरेका थिए । उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनको उपचार भैहरको प्रहरीले जनाएको छ ।
