Friday, October 4News That Matters

बालकको अवस्था झनै नाजुक, उपचार खर्चको चरम अभाव

पूर्णपुष्टि, उदयपुर भदौ ११ गते ।

उपचारका लागि विराटनगरस्थित नोेवेल हस्पिटल लगिएको खोटाङको एक विरामी बालकको अवस्था झनै नाजुक बनेको परिवारले जनाएको छ ।

खोटेहाङ गाउँपालिका ४ थामखर्कका १४ बर्षिय बालक सुमन परियारको अवस्था झनै जटिल बनेको उनकी दिदी सुमिता परियारले बताईन् । शरीरको विभिन्न ठाउँमा घाउँ निस्केर कुहिदै मासु झर्ने समस्याका उनको खर्चको अभावले अस्पतालसम्म लैजान नै ढिलाई भएको थियो । बालकको ढाँडको तल्लोभाग र पिडौलामा मासु कुहेर झरेपछि गहिरो र फराकिलो खाल्डो बनेको छ ।

गाउँघरबाट चन्दा संकलन गरेर अस्पतालमा लगिए पनि विरामीको अवस्था सुधार हुनुको सट्टा झनै बढ्दै गएको सुमिताले बताइन् । सुरुमा निको हुन्छ भनेर उपचार थालेको अस्पतालले यतिबेला यहाँ ठिक हुँदैन बाहिर लैजान भनेको छ । चन्दा रकम र घरको जायजेथा गरी ५५ हजारले अस्पतालसम्म लगिएको विरामीको थप उपचार खर्च नजुटेपछि परिवारले अस्पतालको शुल्क तिर्न सकेको छैन । अस्पतालले डिस्चार्ज गरिसकेको छ ।

https://www.youtube.com/watch?v=frG3Dvf5X68&list=UUwnVxvlEJsYJ5Sl8PdmhKGg

“मा चन्दाको रकम एमआरआर, भिडियो एक्सरे लगायतका विभिन्न चेकजाँच र औषधीमै सकिएपछि शुल्क तिर्न सकिएको छैन” सुमिताले भनिन् । अस्पतालले भने आजै, अहिले नै लैजा भनिरहेको तर, शुल्क नतिरेकाले गेट बाहिर जानसम्म नदिएको उनले बताए । अस्पतालबाट डिस्चार्ज कार्डसमेत कब्जामा राखेको विरामीका बुवा नेत्र परियारले बताए । अस्पताल शुल्क कसरी तिर्ने र अस्पतालबाट निकालेपछि बिरामी कहाँ लैजाने भन्ने कुराले परिवार पिरोलिएको अवस्था छ ।

“अस्पतालमा डाक्टरले तुरुन्तै लैजा भनेर दबाब दिन्छ तर पैसा नतिरेकाले गेट बाहिरसम्म निस्कन दिदैनन् ।” विरामीमा बुवा नेत्रले भने ।

अस्पतालका प्रवन्धक नारायण दाहालले विरामीको नाजुक आर्थिक अवस्थालाई मध्ये नजर गरी समस्या हलको निम्ति पहल भईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0