Tuesday, March 18News That Matters

बालबिबाह न्युनिकरणका लागि युवा संगठित

उदयपुर, असार २४ गते ।

उदयपुरमा बालबिबाह न्युनिकरणका लागि एक क्लव गठन गरी युवाहरु संगठित भएका छन् । त्रियुगा नगरपालीकाका ३२ जना युवाहरुले नगर युवा महिला क्लव गठन गरेर संगठित भएका हुन् ।

नगरपालिकाको ८ वटा वडाका युवाहरुले क्लव गठन गरि बालविवाह न्युनिकरण गर्न लागि परेका छन् । पालिकाको ४, ५, ६, ७, ८, ९, १४ र १६ वडाका युवाहरु संगठित भएका हुन् ।

क्लबको अध्यक्षमा ममता भण्डारी, उपाध्यक्षमा अम्बिका राई, सृष्टि खतिवडा, सह–सचिबमा सुरक्षा परियार र कोषाध्यक्षमा समिक्षा हमाल चयन भएका छन् । त्यस्तै गरि सदस्यहरुमा रन्जना कार्की, सर्बदा बि.क. अर्चना दनुवार, दिप्ती निरौला, कौशिला पोखरेल, सृजना कार्की, बबिता खड्का, एलिना तिम्सिना, एलिसा भट्टराई लगाएत रहेका छन् ।

नगर स्तरिय रुपमा संगठित युवाहरुले आ–आफ्नो स्थानका युवाहरुलाई समेत समेट्ने गरि “वडा स्तरिय युवा महिला क्लव” गठन गरि बालबिवाह न्युनिकरणसंगै लैगिक हिंसा न्युनिकरण गर्ने अभियान सञ्चालन गर्ने नगर युवा महिला क्लबका अध्यक्ष भण्डारीले बताईन् ।

बालबिवाह न्युनिकरणको लागि किशोरीहरुको नेतृत्व विकास तालीमको आयोजना गरि क्लब गठन गरिएको हो । ‘नेपाली जुटौ, बालबिवाह रोकौ’ भन्ने मुल नाराका साथ गत २० गतेबाट सुरु भएको तालीम आईतबार सम्पन्न भएको छ ।

जिल्लामा बढ्दै गईरहेको बालबिबाह, किशोरीहरुको नेतृत्वमा विकास गर्ने उदेश्यले तालीमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष माया भण्डारीले बताए । जिल्लाका सवै ठाउँका बालबिवाहको अवस्था, यसबाट हुने समस्या, बालबिबाह न्युनिकरणका लागि किशोरिहरुको भुमिका, बालअधिकार, यसको कानुनी व्यवस्था तथा नीति, नेपालमा बालअधिकार सम्बन्धि भएका व्यवस्थाहरु, साईबर अपराध, लैगिकता, पितृसत्तता, नेतृत्व शैलिको व्यवस्थापन, किशोरिहरुको नेतृत्वविकास लगाएत विषयमा तालिम दिईएको अध्यक्ष भण्डारीले बताईन् ।

तालीममा सहभागी किशोरिहरुले तालीम पश्चात त्रियुगा नगरपालीका भरि बालबिबाह न्युनिकरणको जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने तालीमका सहजकर्ता अप्सरा समाल मगरले बताईन् । तालीममा सहभागि भएका किशोरीहरुको नेतृत्वमा नगर स्तरिय किशोरी सञ्जाल समेत गठन गरिने उनले बताइन् ।

जिल्ला न्यायाधिश तेजेन्द्र प्रसाद शर्मा, प्रहरी प्रमुख एस.पी बिरबहादुर बुढामगर, ओरेक नेपालका बरिष्ठ कार्यक्रम संयोजक सबिता पोखरेल, जिल्ला जनस्वास्थ्य कार्यलय उदयपुरको डा. दुनियालाल यादव, मानव अधिकार रक्षक भरत खड्का, महिला सशक्तिकरण श्रोतकेन्द्रका कार्यक्रम संयोजक अप्सरा समाल, महिला मानव अधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष माया भण्डारी लगायतले तालिमको सहजिकरण गरेका थिए ।

त्रियुगा नगरपालीका – ९ राजाबास ओरेक भवनमा तालिम संचालन भएको थियो । पारालिगल कमिटिको आयोजना, त्रियुगा नगरपालीकाको सहयोग र महिला सशक्तिकरण श्रोतकेन्द्र, ओरेक नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल उदयपुरको सहकार्यमा तालिम भएको थियो ।