Wednesday, May 20News That Matters

बालिका करणी गरेको आरोपमा २ जना पक्राउ

पूर्णपुष्टि, असार १३

रोल्पामा बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा २ जना पक्राउ परेको छ । १३ वर्षीया नाबालिकालाई बजरजस्ति करणी गरेको आरोपमा रुकुम पूर्वको भूमे गाउँपालिका–२ खाबाङका ३१ वर्षीय टिकाराम श्रीष र ३० वर्षीय कमल रेग्मीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

श्रीषले असार ७ गते र रेग्मीले असार ९ गते डरत्रास देखाएर बालिकालाई जबरजस्ति करणी गरेको भन्दै  पीडितपक्षले इलाका प्रहरी कार्यालय काँक्रीमा उजुरी दिएपछि तत्काल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

पक्राउ परेकालाई १० दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।