
उदयपुर, साउन १८ गते ।
बालिका बलात्कार गरी फरार रहेका अभियुक्त संजय राउत पक्राउ परेको छ । गत असारमा १४ वर्षीय बालिका बलात्कार गरी फरार रहेको राउतलाई शनिबार पक्राउ गरेको हो ।
त्रियुगा नगरपालिका – ८ निबासी २० वर्षीय राउतले गत असार ४ गते बालिका बलात्कार गरी फरार रहेको प्रहरी जनाएको छ ।
बिशेष सूचनाको आधारमा त्रिनपा – ११ संगमटोलबाट पक्राउ गरी अभियुक्त राउतलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।