पूर्णपुष्टि, पुष ३० । प्रधानमन्त्री पुष्ष्पकमल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको बालुवाटारमा भेटवार्ता जारी छ । बालुवाटारमा भएको वार्तामा सरकार विस्तार र सभामुख निर्वाचनको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । दुई नेताबीच प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बताइन्छ ।
प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । त्यसैगरी सभामुख र राष्ट्रपति जस्ता पदमा नेपाली कांग्रेसले पनि दाबी गर्दा गठबन्धनमा संशय पैदा भएको छ ।
