Saturday, May 16News That Matters

बाल गायक बिदुर शर्माको आमा सार्वजनिक

पूणर्पुष्टि, साउन, १५ बाल गायक बिदुर शर्माको सुमधुर आवाजमा सजिएको कणर्प्रिय गीत आमा सार्वजनिक भएको छ । नौ बर्षिय बहु प्रतिभाका धनी गायक शर्माको स्वरले सजिएको उक्त गीतमा बिमला हुमागाईले निकै नै मार्मिक शब्द कोरेका छन् । गीतको भिडियोमा समेत उनै गीतकार हुमागाई र गायक शर्माले जिवन्त अभिनय गरेका छन् ।

शर्मा र हुमागाईलाई भिडियोमा सचित्र उतार्ने काम भने छायाँकार मुकेश हुमागाईले गरेका छन् । गीतको भिडियोमा आफ्नो सन्तानको खुशीको लागि एउटी आमाले गरेको तमाम संघर्ष अनि पीडा मार्मिक ढंगले उतारिएको छ ।

गीतमा संगीत मनोज सांगसेन राईले भरेका छन् भने गीतको रेकर्डिस्ट सुरेश राई, मनोज सांगसेन राई रहेका छन् । राजु कार्कीले मिक्सीङ गरेको भिडियोमा श्रृङ्गार कविता तोलाङ्गीले गरेकी छिन् भने सम्पादन, कलरिङ प्रकाश एसकेले गरेका छन् । निकै नै उत्कृष्ट भिडियोको निर्देशन आदित्य बुढाथोकीले गरेका छन् ।

थुप्रै भिडियो निर्देशन गरिसकेका निर्देशक बुढाथोकीको निर्देशनमा बनेको भिडियोमा आमा र छोरा बीचको सम्बन्धलाई मार्मिक ढंगले उतारिएको छ । नौ बर्षको उमेरम नै मिठो गीत गाउनुका साथै उतिकै उत्कृष्ट अभिनय समेत प्रसंशायोग्य रहेको छ । भिडियो निर्देशन मार्फत शब्द र स्वरलाई रङ भर्ने कोसिस मात्र गरेको निर्देशक बुढाथोकीले जानकारी दिए । संसार कै सम्पूणर् आमाहरु प्रति यो भिडियो समर्पित रहेको बुढाथोकी बताउँछन् ।

भिडियो लिंक

https://www.youtube.com/watch?v=vG8uRfkE80g&feature=youtu.be&fbclid=IwAR14bi8rYyCVRhzUVyN5rGP_sTT7YZePzWKzBx11bt66ByKQnbpZkjqekyk