
पूर्णपुष्टि, फागुन १५
वीगञ्जमा बाल विवाह गर्ने बेहुला र बेहुलाका बुवालाई प्रहरीले पक्राउ गरेका छन् ।
प्रहरीले बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको भन्दै वीरगञ्ज महानगरपालिका–१६ निबासी १९ वर्षीय युवक र उनका ४६ वर्षीय बुवालाई प्रहरीले पक्राउ गरेको हो ।
गत माघ १९ गते वीरगञ्ज महानगरपालिका–१६, लक्ष्मीनारायण टोल निबासी १७ वर्षीया युवतीसँग विवाह गरेका थिए । बाल विवाहको सूचना आएपछि बेहुला र उनका बुवालाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध बाल विवाहसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष हुनुपर्ने र २० वर्ष नपुगी गरिएको विवाह स्वतः बदर हुने व्यवस्था छ ।
