
उदयपुर, पुस २८ गते ।
उदयपुरमा बाल विवाह न्युकिरण गर्न नगर स्तरिय सरोकारवालाहरु सँग छलफल भएको छ ।
त्रियुगा गरपालिकामा हुने बाल विवाह न्युनिकरण गर्न नगर स्तरिय सरोकारवालाहरु सँग शनिबार छलफल भएको हो ।
त्रिनपा र पारालिगल कमिटी उदयपुरको आयोजनामा महिला मानव अधिकार रक्षक संजाल उदयपुरको समन्वयनमा नगर स्तरिय छलफल भएको थियो ।
बढ्दो बाल विवाहलाई न्युनिकरण गर्न स्थनिय सरकारको ठुलो भुमिका रहने भएकोले अनियानकर्मीहरुले मात्रै नियन्त्रण गर्न नसकिने हुदा नगर स्तरिय सरोकारवालाहरु सँग छलफलको गरिएको पारालिगल कमिटिको अध्यक्ष माया भण्डारीले बताईन् ।
अन्धविश्वास र पुराना सस्कार तथा अशिक्षीतको कारण पहिला पहिला कितपय कोकराको बाल बालिकाहरुले समेत विवाह गर्नु पदथ्यो । तर आज अधिकांश मानिस शिक्षीत भएरपनि बाल विवाह न्युनिकरण हुनको साटो बढ्दै गएकाले यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको भण्डारीले बताईन् ।
छलफलमा सहभागिहरुले अभिभावकको गहकिलो जिम्मेवारी नहुनु, आफ्ना छोरा छोरीको ख्याल नगर्नु, सहज रुपमा विद्युतिय माध्यमको सेवा दिनु, त्यसको प्रयोगको लेखाजोखा नगर्नु, सामाजिक संजालको दुरुपयोग गर्नु लगायतका कुराहरुले गर्दा मागी विवाह नगरेपनि उमेरै नपुगी भागेर विवाह गर्ने गरेको सहभागिहरुले बताएकाछन् ।
समाजमा बस्नु पर्ने र त्यहि समाज मर्दा पर्दा चाहिने भएकोले बाल विवाह रोक्नमा हिचहिचाउने गरेको छ । समाजले आफ्नो छोरीलाई सानै उमेरमा धनको लोभले दिने अनि छरछिमेकले पनि केहि नभन्ने जस्ता प्रवितिले गर्दा बाल विवाह बढ्दै गएको सहभागिहरुको गुनासो रहेको छ । यस्ता कुरालाई आफैबाट सुरुवात गर्नु पर्ने जरुरी रहेको पनि सुल्झाएको छ ।
पालिकाको १६ वटै वडामा कमिटि कठन गरि समाजको घर घरमा पुगेर बाल विवाहको असर सम्बन्धि जन चेतना फैलाउनु पर्ने त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले बताए । नेपाली समाजमा विशेष गरि मंसिर, माघ,फागुन महिनामा विवाह हुने भएकाले आउदै गरेको माघ र फागुनलाई मध्ये नगर गर्दै काम थाल्नु पर्ने मेयर चौधरीले बताए ।
पुरातन सोचलाइ परिवर्तन गर्न घर घरमा पुग्न जरुरी छ । महिनामा भएको गतिविधी मासिक रुपमा पालिका र जिल्ला प्रहरी कार्यालयमा विवरण बुझाउने गरि कमिटीको गठन गरि संचालन गरेमा बाल विवाहको न्युनिकरण हुने मेयर चौधरीले बताए ।
बाल विवाह न्युनिकरणको साथ सरसफाईलाई पनि अगाडी बढाउने हो भने बाल विवाह न्युनिकरण सँगै गाउँ पनि सफा हुने मेयर चौधरीले बताए । गाउँ घरको मानिसमा शिक्षाका कमि हुने हुनाले सचेत बनाउन सके मात्रै पनि बाल विवाह कम हुने मेयर चौधरीको भनाइ छ । गाउँमा बाल विवाहबाट हुने असरहरुको प्रर्चा पम्प्लेटहरु टाँस्ने र जन चेतना मुलक कार्यक्रम गर्नु पर्ने मेयर चौधरीले बताए ।
बाल विवाह गर्ने र गराउनेलाई पालिकाले कुनै पनि हालतमा नछोड्ने र यस्ता गतिविधि गराएको थाहा पाएमा पालिका वा प्रहरी लगायतका सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध मेयर चौधरीले बताए । बाल विवाह न्युनिकरणको गर्न पालिकाले विभिन्न पाटोबाट खेलेको भुमिकामा पनि साथ सहयोगको लागि सधै तयार रहेको मेयर चौधरीले बताए ।
बाल विवाह जस्तो घटना घटाउनेलाई कुनै पनि हातलमा नछाडी कानुनी कडगरामा उभ्याउने प्रहरीले जनाएको छ । उक्त घटनाको सुचना दिनेको नाम समेत गोप्य राखिने प्रहरीले जनाएको छ ।