Thursday, July 9News That Matters

बिराटनगरमा पाँच किलो गाँजासहित युवक पक्राउ

पूर्णपुष्टि, माघ १० ।
बिराटनगरमा ५ किलो गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ का २८ वर्षीय गोरे राई रहेका छन् ।
राईलाई विराटनगर–४ स्थित एयरपोर्ट नहरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उहाँका अनुसार को ३८ प ७९५१ नम्बरको स्कुटरमा सवार रहेको राईलाई चेकजाच गर्ने क्रममा ५ किलो गाँजा बरामद गरेको हो । गाँजा फेला परेपछि स्कुटर नियन्त्रणमा लिएर चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।