
पूर्णपुष्टि, कात्तिक ३
कोरोना संक्रमणबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी–२० का ७८ वर्षीय पुरुषको आज बिहान ३ः५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
रक्तअल्पताबाट पीडित उनमा पहिलो पटक असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दोस्रो पटक कात्तिक १ गते पनि उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा असोज १९ गते भर्ना भएको प्रतिष्ठानले जनाएको छ ।

