
विविसीको पत्रकार टोलीलाई युगाण्डाको प्रहरीले राजधानी कम्पालामा पक्राउ गरि हिरासतमा राखेको छ ।
सरकारी औषधीका अवैध खरिद विक्रिबारे अनुसन्धान गर्दै गरेका पत्रकारहरुलाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेको पत्रकारहरुलाई तत्काल रिहाई गर्न माग युगाण्डा सरकारी प्रवक्ताले गरेको रोयटर्स समाचार सस्थाले जनाएको छ |
खरावी कामको तथ्य पत्ता लगाउन पत्रकारहरुले सरकारलाई नै सघाउ पु¥याएको बुझेका भएपनि प्रहरीले किन पक्राउ गरेको भन्ने बारेमा बझ्न नसकेको सरकारी प्रवक्ता अफवोनो अपोण्डोले रोयटर्सलाई जानकारी गराएको जनाईएको छ ।