Tuesday, June 9News That Matters

बुटवलमा पर्वतका एक कोरोना संक्रमितको मृत्यु

वैशाख २ । 

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा पर्वतका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । पर्वतको पैयुँ–५ का ३८ वर्षीय पुरुषको बुधबार उपचारका क्रममा मृत्यु भएको हो ।

उनी हालै मात्र भारतबाट घर फर्केका थिए । १० दिनदेखि उच्च ज्वरो आए पनि उनको ५ दिन अघिमात्र स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चैत २९ गते लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनको बुधबार साँझ ६ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा निमोनिया र खोकीको समेत समस्या रहेको अस्पतालले जनाएको छ । कोरोना अस्पतालमा तीन दिनअघि मात्रै तीनजना संक्रमितको मृत्यु भएको थियो ।