
उदयपुर, असार ८ गते ।
कटारीमा एक महिलाले धारीलो हतियार प्रयोग गरी सौताको घाँटी रेटेर हत्या गरेको छ । कटारी नगरपालिका – ४ मरुवा निबासी २० वर्षीया लक्ष्मी राईको घाँटी रेटेर आईतबार हत्या भएको हो ।
मरुवा निबासी ३१ बर्षीय पदम राईले कान्छि श्रीमती ल्याएपछि जेठी श्रीमती अलग्यै बस्दै आएकी थिईन् । श्रीमान र सौतासँग छुट्टै बस्दै आएकी ३० बर्षीया सीता राईले आफ्नी सौता राईको हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमानले कान्छि श्रीमती ल्याएपछि उनी मानसिकरुपमा विछिप्त रहेको स्थानीयले जनाकारी दिएको प्रहरीले जनाएको छ । करिब एक सय मिटरको दुरीमा बस्दै आएकी सिताले करिब दिउँसोको १ बजे घरमा कोही नभएको मौका छोपी आफ्नै घरमा सौतालाई बोलाई हत्या गरेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
उनीले तरकारी काट्ने चक्कुले सौताको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले महिला र उनले प्रयोग गरेका चक्कु नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।