
सुनसरी, साउन १८ गते ।
कोशी राजमार्ग अन्र्तगत सुनसरीको पानिपियामा बुलेरोको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु भएको छ । ईटहरी उप–महानरपालिका – २० पानिपिया स्थित कोशी राजमार्गमा पर्ने जंगलमा बुलेरोले मोटरसाईकललाई ठक्कर दिदा चालकको मृत्यु भएको हो ।
धरानबाट ईटहरी तर्फ जादै गरेको को २९ प ४१९५ नम्बरको मोटरसाईकललाई सोही दिसाबाट जादै गरको ना २ च ६६८९ नम्बरको बुलेरोले ठक्कर दिएको थियो । बुलेरोको ठक्करबाट लडेको मोटराईकल चालकलाई ईटहरीबाट धरान तर्फ जादै गरेको मे १ ख २०४५ नम्बरको बसले किचेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल चालक धरान – ८ निबासी अन्दाजी २३ वर्षीय संजु गुरुङ रहेको प्रहरीले जनाएको छ । बुलेरो र चालक, बस र चालक नियन्त्रणमा लिएको थियो । शव पोष्टमार्टमको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।