Saturday, April 18News That Matters

बृक्षरोपणसँगै संविधान दिवस सम्पन्न

उदयपुर, असोज ४ गते । 

संविधान दिवसको अवसरमा उदयपुरमा बृक्षा रारोपन गरिएको छ । जिल्ला समन्वयन समितिको कार्यालय र जिल्ला कारागार शाखा उदयपुरको कार्यालय परिसरमा विभिन्न जातका फलफुलको विरुवा रोपिएको हो ।

“संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घर घरमा दिपावली गरौँ र राष्ट्रिय झण्डा फहराऔँ” भन्ने मुल नाराको साथ संविधान दिवस समारोह समिति उदयपुरको आयोजनमा विभिन्न कार्याक्रम भएको थियो ।

गत २ गतेबाट विभिन्न कार्याक्रम गरि हर्षोलासका साथ दिवस मनाएको थियो । राष्ट्रिय झण्डा रिले दौड, हाजिरी जवाफ, ¥यालीले बजार परिक्रमा गरी कोण सभा, कपडा बैँक उद्घाटन, नेपालको नक्सा अंकित दिप प्रज्वलन, प्रत्यक घरघरमा साँझ दिपल प्रज्वलन, राष्ट्रिय झण्डा फहराउने, रक्तदान कार्यक्रम, बृक्षरोपण कार्यक्रम गरी दिवसलाई हर्षोलासका साथ मनाएको आयोजकले जनाएको छ ।

दिवसको अन्तिम दिन बृक्षा रोपण गरी दिवसलाई भब्य र सब्य रुपमा मनाएको छ । आँप, लिचि, अम्बा र अनारको विरुवा रोपेर दिवसको समापन गरेको आयोजकले जनाएको छ । करिब ३६ बोट विभिन्न फलफुलको विरुवा रोपेर दिवसलाई विदाई गरेको आयोजकले जनाएको छ ।

यसपालिको संविधान दिवस गत वर्षहरुको जस्तो टालटुले नभई हर्षोलासका साथ सवैले मनाएको १ न. प्रदेश सांसद अम्बिका थापाले बताईन् । दिवस राम्रो भएको र नयाँ कार्यको थालनी समेत भएकाले उनले बताईने ।

स्वच्छ वातावरणका कार्यको लागि वृक्षा रोपन गरिएको संविधान दिवस समारोह समिति उदयपुरको संयोजक तथा जिल्ला समन्वयन समितिका प्रमुख खड्गबहादुर परियारले बताए । विदेशबाट आउने फलफुललाई प्रतिस्थापन गर्नका लागि सरकारले चालेको कदमलाई आत्मसाथ गर्दै विरुवा रोपेको उनले बताए ।

सरकारले लिएको लक्ष्यलाई जोड दिदै फलफुललाई पहिलो प्राथमिकतामा राखेर बृक्षा रोपन गरीएको छ । सरकारी कार्यालय परिसरमा रोप्ने बृक्षारोपन कार्यालयका कर्मचारीले नै संरक्षण गर्ने प्रतिबद्धता समेत गरी सकेको परियारले बताए ।