Sunday, February 16News That Matters

बृटिश सेना अन्तर्गतको गोर्खाली पल्टन दोस्रो बटालियन (२आर जी आर)द्वारा ब्रुनाईको सुल्तान पार्क सरसफाई

काठमाडौं -ब्रुनाई स्थित प्रसिद्ध एक पार्कमा सामूहिक सरसफाई अभियान गरिएको छ । वेलायत सैनिक अन्तर्गत गोर्खा सैनिकको दोस्रो बटालियनका  (२ आर जी आर) सदस्य गोर्खा सैनिक र स्थानीयले मिलेर अक्टोबर १४ (शनिबार) ब्रुनाईको प्रसिद्ध रमणिय पर्यटकिय स्थल सुल्तान पार्क सरसफाई अभियान कार्यक्रम गरेको हो ।brunai buletn
ब्रुनाईको कुअला बेलाईत डिस्ट्रीक अन्तर्गत सेरियामा एक बिलियन ब्यारल तेलको कच्चा पदार्थ निकालीएको अवसरमा स्थापना भएको बिलियन ब्यारेल मनुमेन्ट रहेको प्रसिद्ध पार्क “सुल्तान पार्क”को सामूहिक सरसफाई अभियानको आयोजना गरी अत्यधिक जन-सहभागितामा सर-सफाई कार्यक्रम सम्पन्न भएको त्यहाँको प्रसिद्द राष्ट्रीय दैनिक ब्रुनाई बुलेटिनले समाचार प्रकाशित गरेको छ ।
समाजसेवी नगेन राई (नग्स)को अगुवाईमा ब्रिटिस आर्मीको गोर्खा सैनिकहरु र ब्रुनाईबासीबीचको पारस्पारिक सामाजिक सम्बन्ध थप सुधार गर्ने र समुदयामा सकारात्मक सन्देश जाओस भन्ने उदेश्यले सरसफाई अभियान कार्यक्रम गरिएको समाजसेवी नगेन राइले बताए ।
British army brunai uk clean up tolyसमाजसेवी नगेन राई (नग्स ) २२ बर्षदेखि व्रिटिस आर्मि गोर्खा सैनिमा आवद्ध छन् । एक सकारात्मक सोच र सकारात्मक अभियानकर्ताको रुपमा समाजसेवा गर्दै आएका उन्ले गरिव दु:खि र थुप्रै संघ-सस्थाहरुलाई पनि सहयोग गर्दै आईरहेका छन् । नगेनले नेपाल स्थित धनकुटा हिलेमा बालबालिकाहरुलाई निशुल्क पढाई रहेका छन्, उन्ले सम्पुर्ण पढाई खर्च आफैले बेहोर्दै आईरहेका छन् । सामाजिक कार्यनै आफ्नो उदेश्य रहेको बताउने नगेन “सकारात्मक सोचले मात्रै परिवर्तन गर्न सकिन्छ, समाज परिवतर्न गर्ने हाम्रै हातले हो” भन्छन्। विश्वमा वीर गोर्खालीको नामले चिनिने बहादुरी, पराक्रमी र इमान्दार नेपालीलाई त्यहाँको समुदायमा थप सामाजिक उतरदायी सावित गराउन सामुहिक सरसफाई अभियानले टेवा पु-याउने बताइएको छ । वेलायत सैनिक अन्तर्गत २ आर जि आर भर्खरै मात्रै युकेको बसाई सकेर अहिले ३ बर्षको लागी ब्रुनाई पुगेको हो । यस अघी गोर्खालीहरुकै अर्को पल्टन १ आर जि आर त्यहाँ कार्यरत थियो ।
दुई देशका नागरिकबीच सम्बन्ध सुधार तथा आत्मीयता बिस्तारका लागि आफूहरुको अभियान विश्वमाझ उदाहरणीय बन्ने विश्वास रहेको (२ आर जी आर) गोर्खा सैनिकहरुको भनाई छ । नग्स राईको अगुवाईमा भएको यस कार्यक्रमलाई बटालियनका सम्पुर्ण सदस्यहरुले साथ दिएका थिए । 2 RGR(2nd Royal Gurkha Rifles) का गोर्खा मेजर मेजर गजेन्द्र आङ्देम्बे र (RSM) रेजिमेन्टल सार्जन्ट मेजर WOI सँगम राईले नगेनको अभियानलाई सुरुदेखिनै सधैं हौसला र उत्प्रेरित गरिरहेका छन् भने अर्का मुख्य सहयोगी डिल्लिराम राई रहेको नगेनले बताए ।
सरसफाई अभियान कार्यक्रममा ३ सय बढी सहभागी भएका थिए भने त्यहाँ स्थित थुप्रै नागरिकहरु लगायत पत्रकारको पनि उपस्थिती रहेको थियो । यस्तो कार्य देखेर स्थानीय लगायत सम्पूर्ण नागरिकहरुले एकदमै खुशी र सकारात्मक प्रतिकृया दिएका थिए । यो कार्यले सबैको सोचमा एउटा नयाँ उर्जा मिलेको उनीहरुले बताएका थिए । दुवैपक्षमा सामाजिक मित्रभावको जिम्मेवारी थप प्रगाढ भएको पनि उनीहरुले बताएका थिए । त्यहा स्थित एक चर्चित न्युज बुलेटिन ब्रुनाई बुलेटिनले प्राथमिकताका साथ उक्त कार्यक्रमको समाचार प्रकाशित गरेको छ । त्यस्तै सकारात्मक परिवर्तनका लागि सुरु गरिएको दुई देसबीचका नागरिकहरुको पहल आगामी दिनमा पनि जारी रहने र सहयोग गर्न सरोकारवाला र सबैमा आग्रह पनि गरिएको छ ।

उक्त सरसफाई अभियान कार्यक्रममा २ सय बढीको सह भागी भएका थिए भने त्यहाँ स्थित थुप्रै नागरिकहरु लगायत पत्रकारको पनि उपस्थिती रहेको थियो । यस्तो कार्य देखेर स्थानीय लगायत सम्पूर्ण नागरिकहरुले एकदमै खुशी र सकारात्मक प्रतिकृया दिएका थिए । यो कार्यले हामी सबैको सोचमा एउटा नयाँ उर्जा मिलेको उनीहरुले बताएका थिए । दुवैपक्षमा सामाजिक मित्रभावको जिम्मेवारी थप प्रगाढ भएको पनि उनीहरुले बताएका थिए ।

brunai buletnत्यहा स्थित एक चर्चित न्युज बुलेटिन ब्रुनाई बुलेटिनले प्राथमिकताका साथ उक्त कार्यक्रमको समाचार प्रकाशित गरेको छ । त्यस्तै सकारात्मक परिवर्तनका लागि सुरु गरिएको दुई देसबीचका नागरिकहरुको पहल आगामी दिनमा पनि जारी रहने र सहयोग गर्न सरोकारवाला र सबैमा आग्रह पनि गरिएको छ ।