
पूर्णपुष्टि,वैशाख २४
कोरोना भाइरस कोभिड–१९ संक्रमित एक वडा सदस्यको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै ज्यान गएको हो ।
नगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर एम्बुलेन्समै उनको मृत्यु भएको हो । थापालाई एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए ।
बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उनलाई क्रिमसन अस्पताल मणिग्राम पु¥याइएको थियो । तर अस्पतालले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज पु¥याइएको थियो ।
भट्टराईकाअनुसार तीन वटै अस्पताल पु¥याए पनि बेड कतै खाली नभएपछि वडा सदस्य थापामगरको एम्बुलेन्समै ज्यान गएको हो ।
