Friday, February 14News That Matters

बेलकाको घारेमा बालविवाह बृद्धि

 

जयराम पुर्वछाने

बेलका, जेठ २० गते । उदयपुरको बेलका नगरपालिकाको घारेमा वालविवाह हुने गरेको क्रम बढेको हालैको एक तथ्यांकले देखाएको छ ।

बेलका नगरपालिकाको वाल तथा सम्वर्धन समितिले ज्येष्ठ १६, १७ र १८ गते गरेको रिपोर्टमा सो तथ्यांक सार्वजनिक गरेको हो ।

४० घर माझी समुदायका ५ सय ४३ जनसंख्या रहेको दुधकोशि किनारको घारेमा २०६९मा जिल्ला वाल सरोकार उदयपुरले ६० प्रतिशत वालविवाह हुने बताएको थियो भने हाल यो तथ्यांकमा २० प्रतिशत वृदि भएको छ । गाउँमा अशिक्षा, बेरोजगारी, आर्थिक विपन्नताले वालविवाहको दर बढेको सरोकारवालाहरुले बताएका छन् ।

हामी सबैको सरोकार वाल अधिकार नाराका साथ वाल तथा सम्वर्धन समितिको ३ दिने अनु शिक्षण कार्यक्रमको बुधबार उद्घाटन गर्दै बेलका नगरपालिकाकी उप प्रमुख राजकुमारी चौधरीले भने ‘वाल विवाहले किशोर किशोरीलाई सामाजिक आर्थीक समस्या पर्नेछ ।’ उप प्रमुख चौधरीले मात्रृ मृत्युदर वृद्धिको पहिलो कारण वालविवाह भएको बताए ।

वडा अध्यक्ष वसन्त मगरले वाल विवाह सामाजिक अपराध भएको बताईन् । अध्यक्ष मगरले समाजबाछ नै वालविवाहलाई उन्मुलन गर्नु पर्ने बताए ।वडा सदस्य नारायण राईले भने ‘घरका बाजे बजैले नाती नतेना हेर्ने इच्छा राखेका कारणबाट पनि वालविवाह हुने गरेको बताए ।घारेटोल विकास सस्थाका अध्यक्ष देवकुमार माझीले वालवालिकाहरु आफु खुसि विवाह गरेका कारण पनि वालविवाह भइरहेको बताए ।

गाउँमा कक्षा ५ सम्मको अध्ययन पुरा गरे पछि बाहिर गएर अध्ययन गर्न नमानेका वालवालिकाले वालविवाह गरेको स्गानीय मान बहादुर माझी बताउँछन् ।

उनले किशोरावस्थाका केटाकेटीलाई पढाई, खेलकुद र सिपमुलक तालिममा व्यस्त राखेमा वालविवाह कम हुने धारणा व्यक्त गरे । बेलका नगरपालिकाको सहयोगमा नगर स्तरीय वाल तथा सम्वर्धन समितिको आयोजनामा आयोजित ३ दिने अनु शिक्षण कार्यक्रममा बेलका प्रेस क्लवका अध्यक्ष तथा बेलका खबर साप्ताहिकका प्रकाशक जयराम पुर्वछानेले भने ‘वालविवाह अन्त्य गर्न सरोकारवाल सबै पक्षको ध्यान घारेमा जानु पर्छ ।’ उनले वाल विवाह अन्त्यका लागि अभिभावक जागरुप भएमा मात्र संभव भएको बताए । ३ दिने अनु शिक्षण कार्यक्रममा वाल तथा सम्वर्धन समितिका संयोजक टंक अधिकारीले सहभागिलाई वालविवाहको विरुद्धको अभियानमा लाग्न अनुरोध गरे । कार्यक्रमको सहजीकरण गर्नु भएका समितिका सचिव तिर्थ पराजुलीले भने ‘सामाजिक अपराध नै वालविवाहलाई भन्न सकिन्छ । ’ उनले २० वर्ष नपुगि विवाह गरेमा सरकारले दिने सेवाहरुवाट बन्चित हुनु पर्ने बताए । कार्यक्रममा वडा सलस्य कुवेर दर्लामीको अध्यक्षतामा १३ सदस्यीय वडा स्तरिय वाल तथा सम्वर्धन समिति पनि गठन गरिएको छ । त्यसैगरि वालवालिकाका विषयमा स्गानीय स्वयम सेवीका नेत्र मगर माझीको संयोजकत्वमा १५ सदस्यीय एक निगरानी समिति समेत गठन गएिको वाल तथा सम्वर्धन समितिका सदस्य तारा मगरले बताए । कार्यक्रम वालविवाह विरुद्ध झल्कने टेलि फिल्म पनि देखाइएको थियो भने घारेका दुधे, कुडुले, बगुवा, वाक्सिखोप, तित्रिबोटे लगायतका टोलबाट १ सय पचास जनाको सहभागिता रहेको थियो । सहभागि मध्ये ९५ प्रतिशत महिला रहेको समेत आयोजकले बताएको छ । त्यसै गरि नगरकोबहु क्षेत्रिय पोषण कार्यक्रमले ११ वालवालिकामा स्वास्थ्य जाच पनि गरेको छ जसमा कुपोषित देखिएका ३ वालवालिकालाई सर्वोत्तम पिठो प्रदान गरेका नगरका सामाजिक शाखाका सहजकरता गोपाल निरौलाले बताए ।