
बेलका/ असार १४,
बेलका नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ देखी २०८०/०८१ सम्मको पञ्चबर्षिय योजना सार्वजानिक गरेको छ ।
शनिवार बेलका नगरपालिका स्थित प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्र बहादुर आङबोले कार्यक्रमको उद्घाटन सँगै योजनाको सार्वजानिक गरेको हो ।
योजना सार्वजानिक गर्दै मन्त्रि आङ्बोले देश विकासको निम्ति आर्थिक पक्ष महत्वपूर्ण क्षेत्र रहेको बताए । उनले आर्थिक पक्षलाई जोड दिदै देशमा आर्थिक क्रान्ति सुरु भएको पनि जानकारी गराए । अब समृद्ध देश र सुखि नेपालीको कल्पना गर्ने बेला भएको र यसैका लागि संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संरचनाको तयार भएको उनले बताए ।
बिगतमा देशमा शान्ति स्थापना हुन नसक्दा, बिभिन्न युद्ध जनयुद्धहरुको सामना गर्दै आएको देशले बल्ल शान्ति स्थापनाको महसुस गरेको उनले बताए । त्यो अवस्थामा समृद्ध देशको कल्पना गर्न सक्ने स्थिति र योजनाको अवधारण नभएको भन्दै देशमा अब आर्थिक विकास र आर्थिक क्रान्तिको अध्याय सुरुवात गरिसकेको बताए ।
यि सवै समस्याको सामधान सँगै देशमा राजनितिक क्रान्ति समेत अन्त्य भएको बताउँदै अब आर्थिक क्रान्तिले मात्र पूर्ण स्थान पाउने उनको भनाई छ ।
उनले बेलका नगरपालिकाको योजनालाई सम्बोधन गर्दै यस योजनाको सम्भावित क्षेत्रहरुलाई समेत उल्लेख गरेको छ । कृषि उत्पादन, पशुपालन लगाएतको क्षेत्रले नगरापालिकालाई राम्रो चिनाएको उनले बताए ।
उनले बजेटको पहिलो प्राथामिकता भौतिक पूर्वधारहरुमा देखिए पनि शिक्षा क्षेत्रलाई पहिले जोड दिनु पर्ने बताए ।
यस्तै नगरपालिकाले पञ्चबर्षिय योजनामा जनताहरुको सल्लाह सुझापलाइ समेटेको बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा (स्वस्तीक) ले बताए । उनले यो योजना कुनै देशको कुनै टढाको बिज्ञहरुको सल्लाह र आवश्यकतामा नभएर सोही ठाउँको जनताको आवश्यक अनुरुपको सल्लाह सुझाबको आधारमा तयार पारिएको बताए ।
उनले योजनामा जनताहरुको आधारभुत आवश्यकता अनुरुप समृद्ध बेलका खुसी जनताको लागि आधारभुत आवश्यकताको शुनिश्चित गर्ने हिसावले रोजगार, शिक्षा, उत्पादन, विकास, जस्ता कुरालाई महत्वको साथ तयार गरेको बताए ।
यस योजनाले जनताहरुलाई स्वतन्त्रताको प्रत्याभुति, समावेशी र सन्तुलीत, दिगो विकास, लोकतन्त्रको आवास, जातीय विभेद, श्रमको सम्मान जस्ता योजनाहरु लाई अघि सारेको छ ।
थापाले ५ बर्षमा योजनामा उल्लेखित कामहरु भन्दा अन्य कामहरु पनि गरेर देखाउने बताए । उनले नागरिक सँग सिप आयआर्जन, विकास तथा वातावरण सम्बन्धी कार्यक्रम सञ्चालन र आर्थिक, सामाजीक लगाएतको योजनाहरु तथ्य र तथ्याङको आधारमा गर्ने बताए ।