पूर्णपुष्टि, कार्तिक ३ गते ।
उदयपुरको बेलकामा गठबन्धनले चियापान कार्यक्रम गरेको छ । रामपुर सभाहलमा भएको कार्यक्रममा काङ्ग्रेस, माओवादी र एकीकृत समाजबादीका कार्यक्रता सहभागी भएका थिए ।
चियापानका साथै गठबन्धन आबद्ध नगरस्तरीय नेता कार्यक्रता सहभागी भएको कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार डा. नारायण खड्काले सम्बोधन गरेका थिए । कार्यक्रममा सय भन्दा बढीको सहभागीता रहेको थियो । उक कार्यक्रममा प्रदेश सभा ‘क’ का उम्मेदवार राजन किराँती पनि सहभागी भएका थिए ।
