Monday, February 17News That Matters

बेलकामा झोलुङ्गे पुल उद्घाटन

जयराम पूर्वछाने मगर

बेलका, साउन १३ गते ।

उदयपुरको बेलकामा झोलुङ्गे पुल उद्घाटन भएको छ । बेलाका नगरपालिका – ६ को सिसुवा खोलाको पुल आईतबार उद्घाटन भएको हो ।

एक सय सात मिटर लम्बाई भएको ३८ लाख ७७ हजार लागतमा बनेको झोलुङ्गे पुलको नगरको मेयर दुर्गाकुमार थापा (स्वतीक)ले उद्घाटन गरेको थियो । पुल सङगै विकास निर्माणका कामहरु तिब्र रुपमा भइ रहेको मेयर थापाले बताए ।

नगरपालिकाको पहाडी एरियामा रहेका केहि वडाहरुमा विकासको काममा चुनौति आउने गरेको मेयर थापाले बताए । विकासको काममा बाधा र चुनौतीहरुलाई चिर्दै दिगो विकासमा सबै नगरबासी लाग्न मेयर थापाले आग्रह गरेका छन् ।

उद्घाटन भएका पुलले दुई गाउँलाई बाह्रै महिना जोड्ने र विद्यार्थीहरुलाई विद्यालय आवत जावतमा सहजता ल्याएको बेनपा – ६ का वडाध्यक्ष वसन्त मगरले बताए । वर्षायाममा खोला बाढी आएर मान्छे बगाउने र विद्यार्थीहरु विद्यालय जान नपाउने समस्या हटेको वडाध्यक्ष मगरले बताए ।

नगरको पहाडी क्षेत्रका वडासँग जोडिएका कच्चि सडक अविरल परेको वर्षाले पहिरो खसेर अवरुद्ध भएको पालिकाले जनाएको छ । जिल्ला प्राविधिक कार्यलय उदयपुर र उपभोक्ता समितिले २०७४ चैत १९ गते योजनामा सम्झौता गरेको थियो । जिल्ला प्राविधिक कार्यलय उदयपुर, ग्रामिण वातावरण  विकास केन्द्र गाइघाट, र पालिकाको सहयकार्यमा पुल निर्माण भएको भएको पालिकाले जनाएको छ ।