Friday, February 7News That Matters

बेलकामा धुमधाम मनाए धान दिवस

जयराम पूर्वछाने मगर

उदयपुर, असार १५ गते ।

देशै भर मनाईएका १६ औँ राष्ट्रिय धान दिवस बेलकामा विभिन्न कार्यक्रम गरी धुमधामले मनाईएको छ । बेलका नगरपालिका – ९ पान्धारेमा सामुहिक धान रोपाई र उत्कृष्ठ कृषकहरुलाई पुरस्कृत गरेर दिवस मनाएको हो ।

“धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनिकरण” भन्ने मुल नाराको साथ पालिकाले स्थानिय उत्पादनमा बृद्धि गर्ने लक्ष्यका साथ रोपाई र पुरस्कार वितरण गरेको पालिकाले जनाएको छ । आयातित खाद्य कम गर्नका लागि स्थानिय धान उत्पादनमा बृद्धि गरि धानबाट आत्मनिर्भर हुनका लागि उक्त कार्यक्रम गरेको पालिकाले जनाएको छ ।

पालिका र राष्ट्रिय कृषक महासंघ बेलकाको सयुक्त आयोजनामा सामुहिक धान रोपाई र कृषकहरुलाई सम्मान गरिएको हो । स्थानिय उत्पादनलाई प्रोत्साहन गर्नका लागि ७ जना व्यक्ति र ४ सामुहिक फामलाई पुरस्कार वितरण गरिएको वडाध्यक्ष मोहन घिमिरेले बताए ।

पशु पालनमा गाई, भैसी पालन, तरकारी खेती, माछा पालन, बंगुर पालन, बेसार खेती, लोकल कुखुरा खेत लगायतका कृषकहरुलाई पाँच हजार सात हजारका दरले नगद पुरस्कार वितरण गरेको घिमिरेले बताए ।

पुरस्कृत हुने कृषकहरुमा विध्यानन्द चौधरी, निकेन्द्र ठाकुर, टिकाकुमारी मगर, तोयानाथ अधिकारी, संजिव राई,  नुमना महिला कृषक समूह, विरबहादुर राई, समिर राई र मेलमिलाप महिला बहुउद्देश्यिय सहकारी सस्थलाई पाँच हजारका दरले पुरस्कार वितरण गरिएको थियो । त्यसै गरि चन्द्रपुर पशुपालन कृषक समूह र शान्ति कृषक समूहलाई सात हजारका दरले पुरस्कार वितरण गरिएको घिमिरेले बताए ।

हाम्रो समाजमा असार १५ लाई दहि चिउरा खाने दिनको रुपमा चिनिन्छ । तर २०६२ सालदेखि नेपाल सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ ।