
जयराम पुर्वछाने
श्रावन महिनाको अवसर पारेर बेलका नगरपालिका शाखा कुमारी बैँङक लिमिटेडले एक हप्ते मेहन्दी उत्सव मंगलबार देखी सुरु गरेको छ । श्रावन महिना बिषेश नारीहरु मेहन्दीमा सजिने महिना भएकाले महिला र मेहन्दीको सम्धन्धलाई सम्मान गर्दै मेहन्दी उत्सवको आयोजना गरेको बैङका शाखा प्रमुख अमित कुमार झाले बताए ।
बैङको छूटै नारी शुभलक्ष्मी खातामा नारीहरुको उत्साह सहभागीता र उत्पे्ररणलाइ महोत्सवले सहजता बनाउने भन्दैे कार्यक्रमको आयोजना गरेको झाले बताए । कुमारी बैँङकमा रहेको छुटै खाता शुभलक्ष्मी बचत खातामा नारीहरुलाई सेवा प्रदान गरीरहेका यस बैँकले अझै प्रोत्टछसाहन पुराउन महोत्सव सूरु गरेको पनि झाले बताए ।
महोत्सव सुभारम्भको औपचारिक कार्यक्रममा उक्त खाताको बिषयमा बोल्दै साहयक कर्जा अधिकृत जुडास खरेलले खाता संचालन गर्न १ सय देखी १ हजार सम्म ब्यालेन्स जम्मा गर्नूपने बताए ।
२०७५ बैशाख ३१ गतेबाट बेलका नगरपालिकामा शाखा बिस्तार गरेको बैँङकले हाल २ हजार भन्दा माथी सदस्यहरु बनाईसकेका छन् । बैँङकले जीरो व्यालेन्स देखी ५ हजार सम्मको खाता संञ्चालन गर्दै आएको समेत कार्यक्रममा बैँङकले बताएको छ ।
महोत्सवलाई बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरी, प्रशासकिय अधिकृत रजीया चौधरी लगाएतले हातमा मेहन्दी लगाई सुभारम्भ गरिन् ।
श्रावन महिना नेपाली नारीहरु मेहन्दी, रातो शारी, रातो चुरामा पहिरेर पुजापाठमा ध्यान लगाउने र बाहीर हिड्दा राम्री देखिने गर्छीन् त्यही भयर पनि यो महिना महिलाहरुको लागि महत्वपूर्ण हुन्छ ।
मेहन्दी लगाउने समय १० बजे देखी ४ बजे सम्म कार्यलय समय भित्र रहेको छ । बैंकमा पुरा नै खातावाला महिला सदस्यहरुलाई पनि मेहेन्दी लगाउने पनि आयोजक कुमारी बैंकका एक कर्मचारी बताए ।