बेलकामा ललितकला प्रतिष्ठान गठन

पूर्णपुष्टि/उदयपुर, पुस २३ गते ।

बेलका नगरपालिकामा ललितकला प्रतिष्ठान शनिबार गठन भएको छ । नगरको कलाकारिता तथा सांगीतिक क्षेत्रको विकासका लागि सम्पूर्ण कलाकर्मीहरुलाई समेट्दै प्रतिष्ठान गठन गरिएको हो ।

उदयपुर सांस्कृतिक कला प्रतिष्ठानको शाखाको रुपमा सुपक बस्नेतको अध्यक्षतामा २१ सदस्यीय नगर प्रतिष्ठान गठन भएको हो । नगरपालिकाका मेयर दुर्गाकुमार थापाको प्रमुख आतिथ्य एवम् उपमेयर रामकुमारी चौधरी र उदयपुर सांस्कृतिक कला प्रतिष्ठानका अध्यक्ष शैलेन्द्र खतिवडाको विशेष आतिथ्यमा गठन प्रतिष्ठानको सो प्रतिष्ठानले नगरको कला, संस्कृतिको विकास गर्नुका साथै नवकलाकारहरुलाई प्रोत्साहित गर्दै लैजाने बताइएको छ ।

कार्यक्रममा जिल्ला प्रतिष्ठानका कोषाध्यक्ष रमेश ढुंगाना, सदस्य एवम् तवलावादकहरु रामनारायण चौधरी, शिवनारायण चौधरी र बासुरी वादक सिरहका कलाकार प्रेमसा शंकरको पनि उपस्थिति थियो ।

कार्यक्रममा कलाकारहरुले विभिन्न विद्यामा आ आप्mना कला प्रस्तुत गरेका थिए । नृत्य, गायक, हाँस्य अभिनय गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0