
उदयपुर, साउन १३ गते ।
उदयपुरको बेलका नगरपालिकामा सोमबार नयाँ जातको धानको बीउ छरिएको छ । सुक्खा जमिनमा फल्ने हर्दिनाथ १ र २ नामक धानको विउ छरिएको हो । पालिकाको वडा नं. ८ मेघबारीको खेतमा छरिएको हो ।
मेयर दुर्गाकुमार थापाका अनुसार हाल परिक्षणको रुपमा ८ कठ्ठाको लागि ब्याड् छरेर नयाँ जातको धान रोपिनेछ । नार्कको सहयोगमा कृषि अनुसन्धान केन्द्र तरहराको प्राविधिक सहयोगमा ब्याड् छर्ने काम भएको हो ।
हाल गरिएको परिक्षण सफल भएमा पालिकाको सिंचाईको पर्याप्त सुविधा नभएको क्षेत्रमा लगाईनेछ । उत्पादन मा हाम्रो साथ, बस्तिन म खाली हात भन्ने नाराका साथ पालिकाले यो वर्ष उत्पादन वर्ष मनाईरहेको छ ।