Monday, February 17News That Matters

बेल्टारमा आधारभूत पत्रकारीता तालिम

राजेन्द्र दुष्ट

बेल्टार, चैत्रत ११  

अव गाउँ, शहर देखि नगर, प्रत्येक नागरिकको घर घरमा खवर” समृद्ध स्थानीय सरकार, एक वडा एक पत्रकार” भन्ने मुल नाराका साथ चौदण्डीगढी नगरपालिकामा आईतवारदेखि ५ दिने आधारभूत पत्रकारीता तालिम संचालन भएको छ ।

सिटीहलमा संचालित तालिमको नगर प्रमुख खगेन्द्र राईले उद्धघाटन   गर्नु भएको थियो । तालिमलाई सम्वोधन गर्दै मेयर राईले सूचना संचार प्रति सदैव सकारात्मक रहेको र  जुनसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको बताउनु भयो ।7

समृद्ध स्थानीय सरकार, एक वडा एक पत्रकार” भन्ने नेपाल पत्रकार महासंघ उदयपुरको नारालाई समेत सार्थक्ता दिन प्रत्येक वडामा प्रत्रकार उद्पादन गर्ने उदेस्य तालिमको रहेको आयोजक चौदण्डीगढी मिडिया प्रालिका अध्यक्ष राजेन्द्र दुष्टले  बताउनु भयो ।

स्थानीय तहको निर्वाचन पश्चात पहिलो पटक आयोजना गरिएको तालिम नगरपालिको सहयोग, पत्रकार महासंघ उदयपुरको समन्वय र चौदण्डीगढी मिडिया प्रालि आयोजक रहेको छ । तालिममा २५ जना महिला र १० जना पुरुष गरी ३५ जना सहभागी छन् ।

तालिमको ंमुख्य प्रशिक्षकमा नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष  भोटराज राई रहनु भएको छ । भने विभिन्न विषयमा वरिष्ट पत्रकार कौशल चेम्जोङ, महासंघ उदयपुरका अध्यक्ष भरत खड्का लगायतलले प्रशिक्षण दिएका छन् । तालिमको उद्धघाटन समारोहमा राजनितिक दल, नागरिक समाज, संघ संस्थाका प्रमुख तथा प्रतिधिहरुको सहभागिता थियो । मन्तव्यमा वक्ताहरुले उनीहरुले तालिमबाट असल पत्रकार जन्मन सकोस र मर्यादित पत्रकारीताको विकासको कामना व्यक्त गरे आयोजक प्रालिका संचालक राजेन्द्र विद्रोहीको अध्यक्षतामा भएको कार्यक्रमलाई  अभिनाष राईले संचालन गरेका थिए ।