Saturday, June 27News That Matters

बैँक गार्डलाई खुकुरी हानेर भाग्ने एकजना पक्राउ

पूणर्पुष्टि, मंसिर १०

बैँकको सुरक्षा गार्डलाई खुकुरी प्रहार गरी भाग्ने ३१ बर्षिय शशि थापालाई बानेश्वर प्रहरीले बुधबार पक्राउ गरेको छ । गत असोज २९ गते बैंकका सुरक्षा गार्ड रुद्र बहादुर गुरुङलाई खुकुरी प्रहार गरेर फरार भएका काठमाडौं महानगरपालिका थापागाउँ बस्ने थापालाई प्रहरीले पक्राउ गरेको हो ।

बैंकका रकम झिक्न गएका थापाले सुरक्षा गार्डलाई एकाएक खुकुरी प्रहारगरी सुरक्षा गार्डलाई गम्भीर बनाई थापा त्यसलगत्तै फरार भएका थिए ।

महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको र आवश्यक अनुसार कार्वाही चलाउन तयारी भईरहेको जनाएको छ ।