पूर्णपुष्टि, असार २१
बैँक कसुरमा परार रहेका कलकार शिशिरसमशेर रानालाई प्रहरीले पक्राउ गरेको छ । राणालाई बैँक कसुरको मुद्धामा फरार रहेको भन्दै पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बिजुली बजार बाट पक्राउ गरेको हो ।
२०७६ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर नेपाल नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको दाबी छ ।
ब्युरोका डीआईजी धिरजप्रताप सिंहका अनुसार शमशेरलाई उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते बैंकिङ्ग कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवाना सुनाएको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको डीआईजी सिंहले बताए । उनलाई फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको डीआईजी सिंहले बताए ।
