Friday, May 22News That Matters

बैंकले भुक्तानी अवधिभर घर र गाडी कर्जाको व्याज बढाउन नपाउने

पूर्णपुष्टि, भदौ २४

बैंकहरुले भुक्तानी अवधिभर घर र गाडी कर्जामा ब्याजदर परिवर्तन गर्न नपाउने भएको छ । बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत कर्जा अवधिभर कर्जाको ब्याजदर परिवर्तन गर्न नपाउने भएको हो ।
राष्ट्र बैंकले एकीकृत निर्देशिका सार्वजनिक गर्दै घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत कर्जामा ब्याजदर परिवर्तन गर्न पाउने नपाउने निर्देशिकामा उल्लेख छ ।

अब कर्जाको अवधिभर व्यक्तिगत कर्जामा एउटै ब्याजदर लागू हुने भएको छ । यसअघि बैंकहरुले सुरुमा सस्तो व्याज र पछि महंगो व्याज लिँदै आएका थिए ।