Friday, February 14News That Matters

शान्तिलाई उपचार खर्च सहयोग जुट्न सुरु

उदयपुर, माघ २० गते ।

उदयपुरका त्रियुगा बोक्से नयाँबस्तीकी बोनम्यारो पिडित शान्ति राईलाई विष्णुकुमार राईको पहलमा केहि सहयोग जुटेको छ ।

त्रियुगा नगरपालिका १० बोक्से नयाँबस्ती निबासी २१ वर्षीय पिडित शान्तिको उपचार खर्चका लागि केहि सहयोग जुटेको हो ।

विष्णुकुमार राईको विशेष पहलमा उठेको रकम पिडित शान्तिकै घरमा पुगी शान्ति राई बचाउ अभियान समितिको अध्यक्ष ज्ञान बहादुर राई, कोषाध्यक्ष प्रेम कुमार राई, नेपाल पत्रकार महासंघ उदयपुर शाखा उपाध्यक्ष भोटराज राई, युवा समाजसेवी विष्णुकुमार राईले संयुक्त रुपमा ५५ हजार २ सय ५ रुपैया रकम हस्तान्तरण गरेको थियो ।

चिने जानेका साथी भाईहरुलाई शान्तिको लागि सहयोगको अनुरोध गर्दा विदेशबाट पहल गरि सहयोग गर्नेहरुमा नवराज राई त्रिनपा १४ निबासी हाल दुवाई २३ हजार ९ साय १७ रुपैया, दिनेश मगर त्रिनपा १४ निबासी हाल कोरीया १२ हजार, खिलराज राई रौतामाइ गाउपालिका वडा नं ६ निबासी हाल मलेसिया ५ हजार, धनगढी नगरपालिका १० निबासी सागर कार्की र तोपबहादुर कार्कीबाट ४ हजार, रसिद मार्फत ८ हजार ६६ रुपैया र विष्णु कुमार राईबाट २ हजार २ सय २२ रुपैया सहयोग जुटेको र विरामी तथा उनको परिवारलाई हस्तान्तरण गरेको राईले बताए ।

आफुले चिनेका साथीभाईलाई शान्तिको बारेमा जानकारी गराई सहयोगको अपिल गरि रहेको राईले बताए । । हाम्रो सानो सहयोगले शान्तिले नयाँ जिवन पाउने र उनको शिक्षिका बन्ने सपना पुरा हुने भएकाले सवैलाई सहयोग गर्न अपिल गरेको राईले बताए ।
सहयोग गर्नेहरुलाई धन्यवाद दिदै मेरो प्राण सहयोगी मनहरुको हातमा रहेकोले सहयोग गरि दिनुहुन अनुरोध गरेकी छिन् ।

भविष्यमा राम्रो शिक्षिका बनेर देशको सेवा गर्ने सपना बोकेकी शान्ति गरीबीका कारण उपचार गराउन नसकेपछि पिडा खपेर घरमै बस्न बाध्य छिन् । उपचार खर्च जुटाउन शान्ति राई बचाउ अभियान समिति गठन गरि आर्थीक सहयोगको लागी सवै लागि परिरहेका छन् ।

विभिन्न देश विदेशबाट सामाजिक सञ्जाल मार्फत तथा सिधै फोन मार्फत शान्तिलाई सहयोगी मनहरु बढ्दै गएको शान्ति राई बचाउ अभियान समितिको अध्यक्ष ज्ञानबहादुर राईले बताए । बोनम्यारो फेर्नका लागि करिब २५ लाख लाग्ने र अन्य खर्चको लागि १५ लाग्ने पारिवाले जनाएको छ ।