
उदयपुर, चैत्र ३ गते ।
किराँत राई विद्यार्थी संघ, सुनसरी जिल्ला समितिले बोनम्यारो पिडित शान्ति राईलाई ४० हजार रुपैया आर्थिक संकलन गरी उपलब्ध गराएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेकी शान्तिलाई उपचार सहयोग स्वरुप समितिको पहलमा संकलित रकम शनिबार उपलब्ध गराएको हो । संघका केन्द्रिय उपाध्यक्ष जितेन राई, केन्द्रिय सहकोषाध्यक्ष सन्तोष मुक्मिन राई, सुनसरी जिल्ला अध्यक्ष समिप साम्पाङ राई, महेन्द्र बहुमुखी क्याम्पस इकाई उपाध्यक्ष युवराज राई र किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीका अध्यक्ष चन्द्र वान्तवा राईको टोली बोक्सेस्थित घरमै पुगेर शान्तिका काका तथा शान्ति राई बचाउ अभियान समितिका कोषाध्यक्ष प्रेमकुमार राईलाई रकम हस्तान्तरण गरेको थियो । नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई र एभिन्यूज खबर टेलिभिजनका इटहरी ब्यूरो सम्बाददाता दिपक कार्कीको रोहबरमा रकम हस्तान्तरण गरिएको थियो । बोनम्यारो नै फेनुर्पर्ने अवस्थाकी शान्ति उपचारको क्रममा काठमाडौं रहेकी छिन् ।