Wednesday, May 27News That Matters

बोलेरोको ठक्करबाट ठेला चालकको मृत्यु

झापा, माघ २१ गते । 

झापाको शिवसताक्षीमा बोलेको ठक्करबाट ठेला चालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–११ दुधेमा बोलेरोले ठक्कर दिदा ठेला चालक बलबहादुर दर्जीको मृत्यु भएको हो ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको मे १ ज २४७५ नम्बरको बोलेरोले सोही दिशा तर्फ जाँदै गरेको ठेलालाई गतराती साँढे ६ बजे ठक्कर दिंदा ठेला चालक स्थानीय ६० बर्षीय दर्जी घाईते भएको थियो । घाईते दर्जीको उपचारको लागी बि एण्ड सी अस्पताल लगी उपचारको क्रममा राती सवा ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।