
पूर्णपुष्टि,फागुन १३
सुनसरी बराहक्षेत्रमा बोलेको ठक्करबाट एक जना मोटरसाईकल यात्रीको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–५ का २५ बर्षीय डिगन गुरुङको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको हो ।
बराहक्षेत्र नगरपालिका –५ भरोलमा दक्षिण तर्फ जाँदै गरेको को १ ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आउदै गरेको ना ३९ प ५०७६ नम्बरको मोटरसाईकललाई हिजोराती करिब पौने १२ बजे ठक्कर दिँदा मोटसाईकलमा सवार स्थानीय २६ वर्षीय कृष्णकुमार राजधामी र २५ बर्षीय डिगन गुरुङ गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
बोलेरोको ठक्करबाट घाईते भएको गुरुङको घोपा धरानमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाईते राजधामीको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।
ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको ईप्रकाले जनाएको छ ।
