
पूर्णपुष्टि,माघ २५
नुवाकोटको लिखु गाउँपालिका–३ ढिकुरेमा बोलेरो र मोटरसाईकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रदेश ३–०१०२ च ३७१९ नम्बरको बोलेरो गाडी र बा ६३प ६६९५ नम्बरको मोटरसाइकल शनिबार राति साढे ११ बजे एक आपसमा ठोक्किँदा स्थानीय २२ वर्षीय कमान तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका तामाङलाई उपचारका लागि त्रिशूली अस्पताल लैजाने क्रममा मृत्यु भएका प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ४५ वर्षीय रमेश तामाङ घाइते छन् । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बोलेरो र चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढिकुरेले जनाएको छ ।
