
ओखलढुङगा, चैत्र २५
ओखलढुङगामा बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ–४ धुसेनिको भित्रि सडक खण्डमा भएको बोलेरो दुर्घटनामा चार जना सवार मध्ये तीन जनाको मृत्यु भएको हो भने एक जना गम्भिर घाईते भएको छ ।
दुर्घटनामा मानेभञ्ज्याङ–४ धुसेनि बस्ने ७१ बर्षीया बिनामाया आलेमगर, ५० बर्षीय टुल्कीमाया आलेमगर र ५ बर्षीया बालिका डोल कुमारी आलेमगरमो मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान सवा ११ बजे धुसेनि तर्फ जादै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो आफै अनियन्त्रीत भई सडकबाट करिब ७ सय मिटर तल खसी दुर्घटना हुँदा गम्भिर घाईते भएका डोल कुमारीको जिल्ला अस्पताल रुम्जाटारमा उपचारको क्रममा दिउसो ४ बजे मृत्यु भएको थियो भने बिनामाया र टुल्कीमायाको सोही अस्पतालमा बेलुका साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाईते भएका बोलेरो चालक सिद्धिचरण–१० बस्ने २६ बर्षीय कमलबहादुर थापामगरलाई थप उपचारको लागी एम्बुलेन्सद्धारा काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
