Saturday, June 13News That Matters

ब्राउनसुगर सहित १ जना पक्राउ

सुनसरी, असोज २७

सुनसरीमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । धरान–१५ बिशालचोकका ३८ बर्षीय विजयकुमार रोक्का लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेको हो ।
को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ८ बजे धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका रोक्कामाथी  ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।