Sunday, May 17News That Matters

ब्राउनसुगर सहित २ जना पक्राउ

पूर्णपुष्टि, मंसिर १९ गते ।

झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट बिहिवार दिउँसो खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका(५ बाट ९.५ ग्राम लागुऔषध ब्राउनसुगर सहित अर्जुनधारा नगरपालिका(६ का २५ बर्षीय आशिष थापालाई पक्राउ गरेको हो ।

यसैगरी अर्जुनधारा नगरपालिका(९ बाट ३९ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुद्धशान्ति गाउँपालिका(२ का २२ बर्षीय प्रिन्स खनाललाई पनि प्रहरीले गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको समबन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।