
पूर्णपुष्टि, चैत २०
झापा भद्रपुर नगरपालिका–४ डाँगीबारी स्थितबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगर सहित ३ जना पक्राउ गरेका छन् । अर्जुनधारा नगरपालिका–६ बस्ने ४० बर्षीय लोकेन श्रेष्ठ, भद्रपुर नगरपालिका–१० बस्ने ३६ बर्षीय विनोद राजवंशी र २४ बर्षीय गोबिन्द राजबंशी ब्राउनसुगर सहित पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजु सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
