
झापा, असार २६
झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । दमक नगरपालिका–१ बाट ब्राउन सुगर सहित दिपेन लिम्बु र रोहन राईलाई पक्राउ गरेको हो ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गतराती ११ बजे ईलामको चुलाचुली गाउँपालिका–३ घर भई दमक नगरपालिका–१ मा बसोबास गर्ने २२ बर्षीय लिम्बु र माङसेबुङ–३ घर भएका १६ बर्षीय राईलाई ४९.१ ग्राम ब्राउन सुगर र नगद ५२ हजार ६ सय ५ रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
