
मोरङ, फाल्गुन १८ गते ।
ब्राउन सुगरसहित मोरङको सुन्दरहरैचाबाट दुई जना पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगरसहित सुन्दर हरैचा नगरपालिका–९ बाट रेककुमारी मगर र सफुदिन आलम पक्राउ परेका हुन् ।
स्थानीय १९ वर्षीया मगरको घरमा ब्राउन सुगर राखेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटेका प्रहरी टोलीले मगर र २७ बर्षीय आलमको साथबाट ३ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
यो पनि पढ्नुस् ।
सुनसरीमा कन्टेनरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कोशी गाउँपालिका–४ मा कन्टेनरले ठक्कर दिदा मानसिक सन्तुलन गुमेका पैदलयात्रीको मृत्यु भएको हो ।
मागी खादै हिड्ने मानसिक सन्तुलन गुमेका करिब ५० बषीय पुरुषलाई गतराती सवा १० बजे ना ३ ख ७९११ नम्बरको कन्टेनरले ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्कर दिने कन्टेनर र चालकलाई ईलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
