
बेक्जिट सम्बन्धि पाँच दिने बहस सुरु भएको छ । बहसमा ब्रिटेनको प्रधानमन्त्रि टरिजा मे ले संसदमा औपचारीक रुपमा युरोपेली संघ (ईयु) बाट बाहिरिने प्रस्तुत सम्झौतालाई पारित गर्ने वा नगर्ने या बेक्जिट नै नहुने मध्येको एक विकल्प छान्न चेतावनी दिएकी छिन् ।
ब्रिटेनले औपचारिक रूपमा ईयू छाड्नु अघि छलफल गर्न ईयू सँग समय र चाहना नभएको मे ले बताईन् । भने यस अघि भएको ईयू र ब्रिटेन बीच ब्रेक्जिट सम्झौता ब्रिटेन संसद्ले समर्थन गर्नु पर्ने हुन्छ ।
सन् २०१६ मा भएको ब्रेक्जिट मतदानपछि हाल मे ले ल्याएको प्रस्ताव एउटा सम्मानजनक सम्झौता भएको बताएकी छन्।
ब्रिटेन ईयुबाट सन् २०१९ को मार्च २९ मा बाहिरीदै छ । तर ब्रिटेनको औपचारिक बहिर्गमन तथा ईयूसँगको भावी सम्बन्धबारे मे द्वारा प्रस्तावित ब्रेक्जिट सम्झौता माथि ब्रिटेन तल्लो सदन हाउस अफ कमन्समा बहसहरू भइरहेको छ ।
नोभेम्बरमा बसेको लामो छलफल पश्चात् २७ बटा ईयू देशका नेताहरूको बैठकल उक्त सम्झौता अनुमोदन गरेका थिए ।
उक्त सम्झौतालाई स्वीकार्ने या अस्वीकार्ने भन्ने विषयमा सांसदहरूले डिसेम्बर ११ मा मतदान गर्नेछन् । ब्रेक्जिटले गर्दा उत्पन्न विभाजन हुने भएकोले ब्रिटेनको राजनीतिकका लागि घातक भएको मे ले बताईन् ।
सम्झौताको लागि समर्थन जुटाउन प्रयास गरिरहेकी र ईयूबाट बाहिरीना साथ सुनौलो भविष्य पाउनेमा मे विश्वस्त रहेको बताएकी छिन् ।