आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

भद्रगोलले तताय महोत्सव

उदयपुर, मंसिर २२ गते

प्रद्रेश स्तरीय दोस्रो घरेलु महोत्सवको तेस्रो दिन भद्रगोलको टिमले महोत्सवकोे रौनक बढाएको छ ।

उदयपुरमा विहिबार देखि संचालन भएको १ नं प्रदेशको प्रदेश स्तरिय दोस्रो घ महोत्सवमा भद्रगोलका पाडे, जिग्र, माकुरी र बाहुन डनले महोत्सवको रौनक बढाएको हो ।

नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको आयोजनामा “मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मुल नाराका साथ घरेलु औधोगिक महोत्सव–२०७५ संचालन भई रहेको छ ।

महोत्सवलाई भब्य र सब्य बनाउनको निम्ती विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्नि गर्दै आएको आयोजकले बताएको छ । महोत्सवको तेस्रो दिन हाँस्य टेलि सिरियल भद्रगोलका ४ जना कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शकहरुले भरपुर मनोरञ्जन लिएको नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको अध्यक्ष मधुकर थापाले बताए ।

टिलि सिरियलमा झै कलाकारहरुले आ–आफ्नै पोसाकमा स्टेजमा पनि बेजोड प्रस्तुती गरेको थियो । जुन दर्शकलाई टेलिभिजनमा हेरेझैँ आभास गराएको थापाले बताए । दैनिक विहान ८ बजे देखि बेलुका ८ बजे सम्म १२ घण्टा लाग्ने महोत्सवमा साँस्कृतीक कार्यक्रम पनि गर्दै आएको थापाले बताए ।

महोत्सवमा विभिन्न घरेलु उत्पादन बस्तुको अवलोकन गर्न आउदा मानोरञ्जन पनि होस् भन्ने हेतुले राष्ट्रिय कलाकार देखि स्थानिय कलाकारहरुको समेत नृत्य, गायन, क्यारीकेचर लगायतको मौलिक सास्कृतिक झल्काउने कार्यक्रम पनि गर्दै आएको आयोजकले जनाएको छ ।

भद्रगोलको विभिन्न कलाकारहरुले आ–आफ्नै र संयुक्त रुपमा प्रस्तुति दिएका थिए । भने चौथो दिन आईतबार लोकगायक नविन पौडेलको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0